एक सातापछि शेयर बजार सकारात्मक, कारोबार रकम कति ?

एक सातापछि शेयर बजार सकारात्मक, कारोबार रकम कति ?


काठमाडौं– लगातार एक सातादेखि ओरालो लागेको शेयर बजार सोमबार सकारात्मक देखिएको छ । यो सातको पहिलो कारोबार दिन आइतबार मात्रै १६ अंकले घटेको नेप्से आज हिजोको तुलनामा ०.६७ प्रतिशतले बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज १३.२८ को दोहोरो अंकले बढ्दै १,९९२ को विन्दुमा पुगि बन्द भएको छ ।

नेप्से बढेसँगै ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँ पुगेको छ ।

आज १६७ कम्पनी नाफामा देखिएका छन् भने ७५ कम्पनी घाटामा गएका छन् । ६ कम्पनीको कारोबार भने स्थिर छ । सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा बोटल्स नेपाल रहेको छ भने सबैभन्दा थोरै कारोबार गर्ने कम्पनीमा समाज लघुवित्त देेिखएको छ ।