काठमाडौं, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ले आर्थिक वर्ष २०७८।०७९ को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनसदर प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि ६६ रुपैयाँसम्म घोषणा गरेको हो।
सावाधिक ३३३, जीवन बीधा ३५२, जीवन साथी ३५७, जीवन श्री ३५३ योजना
यस योजनामा कम्पनीले प्रतिहजार न्यूनतम ५१ रुपैयाँदेखि ६१ रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ र २५ देखि माथि अवधिका लागि प्रतिहजार ६१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।
बाल सावाधिक बीमा योजना
बाल सावाधिक९३४९० बीमा योजनामा कम्पनीले प्रतिहजार ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनमा १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ र ३० देखि माथि अवधिका लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।
धन वृष्टि
यस योजनामा कम्पनीले १० वर्र्षे अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ र १५ वर्षे अवधिका लागि ५७ रुपैयाँ बोनस दिने भएको छ।
धन फिर्ता ९३३४, ३३५, ३३६, ३३७, ३३९, ३४३० बीमा योजना यस बीमा योजनामा कम्पनीले १५ वष अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ, २० वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ।
जीवन आन्नद
यस जीवन बीमा ९३४२० योजनामा कम्पनीले प्रतिहजार ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनस दिने घोषणा गरेको छ।
बाल सावाधिक बीमा योजना
बाल सावाधिक९३४९० बीमा योजनामा कम्पनीले प्रतिहजार ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनमा १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ र ३० देखि माथि अवधिका लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।
बाल ममता र बाल स्नेह
यस योजनामा कम्पनीले १५ वर्ष अवधिसम्मका लागि प्रतिहजार ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ।
जीवन तरंग ९३४५०
यस योजनामा कम्पनीले १० वर्ष अवधिका लागि प्रतिहजार ४० रुपैयाँ, १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ र २० वर्ष अवधिका लागि प्रतिहजार ४५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ।
न्यु जीवन तरंग
यस योजनामा कम्पनीले १० वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, १५ वर्ष अवधिका लागि ५१ रुपैयाँ र २० वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ।
जीवन बचत
यस योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ४५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४८ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि प्रतिहजार ६६ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ।
जीवन लाभ
यस योजनामा कम्पनीले १० वर्ष अवधिका लागि प्रतिहजार ५१ रुपैयाँ, १५ वर्ष अवधिका लागि ५२ रुपैयाँ, २० वर्ष अवधिका लागि प्रतिहजार ५३ रुपैयाँ र २५ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ।
लघु सावाधिक
यस योजनामा कम्पनीले सबै अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।



About Us
प्रतिक्रिया