नेपाल राष्ट्र बैंकको सहयोगमा सहकारी अनुगमन सुरु हुँदै

नेपाल राष्ट्र बैंकको सहयोगमा सहकारी अनुगमन सुरु हुँदै


काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिनिधि उपलब्ध गराएपछि सहकारी विभागले सहकारी संस्था अनुगमन निरीक्षण सुरु गर्ने भएको छ । राष्ट्र बैंकले सहकारी संस्था अनुगमन निरीक्षण गर्न तीन जना प्रतिनिधि पठाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

केही समय अघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ठूला नौ सहकारीको अनुगमन निरीक्षणका लागि राष्ट्र बैंकलाई सिफारिस गर्यो । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन, २०८० को सुझावअनुसार मन्त्रालयले नौ ठूला सहकारीको अनुगमनका लागि केन्द्रीय बैंकलाई आग्रह गरेको थियो । तर राष्ट्र बैंकले सहकारी मन्त्रालयलाई जवाफ दिदै सहकारी नियमन गर्न प्रतिनीधि भने उपलब्ध गराईदिने भनेको थियो। सोहीअनुसार केन्द्रीय बैंकले प्रतिनिधी उपलब्ध गराएको हो ।