शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ३ अर्बमा खुम्चियो

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ३ अर्बमा खुम्चियो


काठमाडौं –साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार घटेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.७६ अकंले घटेर २००५. ८३ बिन्दुमा बन्द भएको छ । आज ३ अर्ब २० करोड ६१ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।

कुल ४९ कम्पनीको मूल्य भने बढेको छ । १९७ कम्पनीको मूल्य घट्दा २ को स्थिर रह्यो । हाइड्रोपार क्षेत्र सबैभन्दा धेरै घटेको छ । सो समूहको सूचक १.९ प्रतिशत घट्यो ।

बिहीबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक सेयर खरिद बिक्री भएकाे छ । कम्पनीको १४ करोड ८७ लाख ९७ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, सर्वाधिक कारोबार हुनेमा गोर्खास फाइनान्स, जोशि हाइड्रोपावरको ८ करोड ९३ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ६ करोड ४० लाख रुपैयाँको कारोबार भएको हो ।