चैत १ गतेबाट संस्थागत निक्षेपको ब्याजदर १ प्रतिशत विन्दु कम गर्नुपर्ने

चैत १ गतेबाट संस्थागत निक्षेपको ब्याजदर १ प्रतिशत विन्दु कम गर्नुपर्ने


काठमाडौं- नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपको ब्याजदर १ प्रतिशत विन्दु कम गर्नुपर्ने व्यवस्था गरेको छ । एकीकृत निर्देशन, २०८० लाई संशोधन गर्दै बैंकले सो जानकारी गराएको हो ।

बैंकले निर्देशन नं. १५ को बुँदा नं. १ को उपबँुदा (३) मा उल्लेख भएको २ प्रतिशत बिन्दुले कम हुनुपर्नेमा १ प्रतिशत मात्र कम हुनुपर्ने बैंकले बताएको छ । ‘संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्नेछ ।’ बैंकले भन्यो ।

त्यस्तै, निर्देशन नं. १५ को बुँदा नं. १ को उपबँुदा (८) को व्यवस्था भने हटाइएको बैंकले जानकारी दिएको छ । सो बुँदामा बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नु पर्ने उल्लेख थियो ।