स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (फागुन १०) गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

आज फागुन १० गते (फागुन ११ गते शुक्रबार र फागुन १२ गते शनिबार) सम्म कायम शेयरधनीहरुमात्रै लाभांश पाउन योग्य हुनेछन्। संस्थाले १५ औँ वार्षिक साधारणसभा फागुन २६ गते आयोजना गर्ने निर्णय गरेको छ

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश छन्।