काठमौं– सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्था मर्जरको अन्तिम चरणमा पुगेका छन् । नेपाल धितोपत्र बोर्डबाट बुधबार यी लघुबित्तहरुले मर्जरका लागि स्वीकृती प्राप्त गरेका हुन् ।
दुई संस्थाले गत माघ २४ गते मर्जरको अन्तिम स्वीकृतीका लागि बोर्डसमक्ष संयुक्त आवेदन दिएका थिए । बोर्डले एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ को दफा ८ को उपदफा ४ बमोजिम अन्तिम स्वीकृती प्रदान गरेको थियो ।
सामुदायिक लघुवित्तमा बिपिडब्लु लघुवित्त गाभ्नका लागि नेपाल राष्ट्र बैंकले भने गत माघ १० गते मर्जरका लागि स्वीकृती दिएको भएपनि कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन ८ गते स्वीकृती प्रदान गरेको हो । १ः०.८५३५ अनुपातको स्वाप रेसियामा सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त मर्ज हुन लागेका हुन् ।



About Us
प्रतिक्रिया