फरक क्षमता भएका व्यक्तिका लागि विशेष काउन्टर र एटिएम तोक्न केन्द्रीय बैंककाे आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकले फरक क्षमता भएका व्यक्तिहरुलाई बैंकहरुले विशेष काउन्टर तोक्नुपर्ने नियम रहेको राष्ट्र बैंकले अवगत गराएको छ।

मंगलबार राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै बैंकहरुलाई उक्त नियम रहेको अवगत गराएको हो।

महाशाखाले जारी सूचनामा भनेको छ, ‘स्थानीय तहमा पाँचभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एक शाखा र एटीएम लाउञ्ज भएका स्थानमा एक वटा एटीएम अपाङ्गमैत्री बनाउनुपर्ने छ।’,