काठमाडौं– पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पोखरा पुगेको छ। अनुसन्धानका लागि प्रहरी निरीक्षक नेतृत्वको प्राविधिक टोली पोखरा पुगेको हो ।
गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले सञ्चालन गरेकाे सहकारीबाट गोर्खा मिडियाको नाममा धितोबिना १ करोड, अर्कोपटक १ करोड ३० लाख ८९ हजार ऋण दिएको फेला परेको थियो। सहकारीबाटै नेचर हर्ब्स, नेचर नेक्स्ट लगायतलाई पनि करोडौं रूपैयाँ ऋण दिएको छानबिन प्रतिवेदनबाट खुलेको थियो।
यस ठगी प्रकरणमा प्रहरीले इन्टरपोलमार्फत् जिबी राई, थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ। यस्तै जिबीविरूद्ध प्रहरीले रेड नोटिस जारी गर्ने तयारी गरेको छ। त्यसमा कास्की प्रहरीले कागजात मिलाउने काम गरिरहेको छ।
प्रतिक्रिया