काठमाडौं– संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष योगेन्द्रकुमार कुँवरले जलवायुु परिवर्तनले श्रमीक वर्गमा पारेको असरबारे सरकार र विश्वसमुदायले बुझ्न जरुरी रहेको बताएका छन् ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले विश्व सामाजिक मञ्चको जारी सम्मेलनमा गरेको नेपाल फोरम कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष कुँवरले यस्तो बताएका हुन् । संगठित र असंगठित दुवै क्षेत्रका श्रमीकले दिनदिनै रोजगारी गुमाएको अवस्था रहेको बताए।
उनले श्रमीकलाई संरक्षण गर्ने सामाजिक सुरक्षाका प्रभावकारी र भरपर्दो कार्यक्रम ल्याउन आवश्यक रहेको औल्याए। अध्यक्ष कुँवरले जलवायु परिवर्तनको असर श्रमीकहरुमा पनि परिरहेको जिकिर गरे।
उनले फोरम नेपालले जल्दोबल्दा श्रम समस्या,सामाजिक सुरक्षा,बसाईंसराई लगायतका विषय सम्मेलनमा उठान गरेको बताए । उनले नेपालमा लागू भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना सफल कार्यन्वयनको अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका विषयमा पनि छलफल गरेको भनाइ राखे।
अध्यक्ष कुँवरले भौतिक विकाससँगै भएको वातावरण विना र प्राकृतिक असन्तुलन भएर विभिन्न खालका प्राकृतिक प्रकोपहरु र महामारीहरु लगायतका समस्याहरु देखिका विषयमा पनि छलफल भएको बताए ।
उनले भने ,‘श्रम आन्दोलन पनि सामाजिक आन्दोलनसँग जोडिएको र त्यसको अभिन्न अंग भएकाले विश्व सामाजिक मञ्चलाई आफ्नो मञ्च ठानेका छौं । त्यसमा हामीले समसामहिक रुपमा उठेका जल्दाबल्दा विषयहरु छलफलको विषय बनेको छ । नेपाल लेभर फोरममा हामीले दक्षिण एसियामा बसाईंसराई तथा सामाजिक सुरक्षा लागू र त्यसको प्रभावकारीताका बारेमा अन्तर्राष्ट्रिय अनुभवहरु के छ । जसमा अनौपचारिक क्षेत्र श्रमजीवीहरुलाई कसरी प्रदान गर्न सकिन्छ भन्ने बारेमा छलफल भइरहेको छ । अनौपचारिक श्रमिकहरुको अनौपचारिककरणको विषय छ । जसमा भौतिक विकास कारणले गर्दा वातारण विनाश भइरहेको छ । प्राकृतिक असन्तुलनहरु भइरहेको छ । त्यसबाट विभिन्न खालका प्राकृतिक प्रकोपहरु र महामारीहरु लगायतका समस्याहरु देखिरहेका छन् ।’
अध्यक्ष कुँवरले भोकमरीका समस्याहरु उजाड भइरहेको र जलवायु परिवर्तनको कारण हिमालहरु पग्लिरहेको विषयहरु उठान गरिएको बताए । उनले न्यायिक रुपान्तरण भित्र लैंगिक हिंसा र प्रजातन्त्रमा नागरिकले पाउने अधिकारहरु कटौती, मानवअधिकार र ट्रेड युनियन अधिकारको पक्षमा आवाज उठाएको भनाइ राखे । (न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया