काठमाडौं–साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से ओरालो लागेपनि यस दिन एनआईसी एशिया बैंकको साढे १३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । विगत केही दिनदेखि एनआइसी एशिया बैंकलाई लिएर फैलाइएको हल्ला बावजुत पनि शेयर कारोबार बढेको हो । बैंकिङ्ग क्षेत्रको शेयर घटिरहेको अवस्थामा यस दिन एनआइसी एशियाको कारोबार रकम बढेको हो ।
यस दिन एनआईसी एशियाको शेयर मुल्य ११ रुपैँयाले बढेको छ । गत हप्ता विहिबार एनआइसी एशियाको शेयर मूल्य ४३३ थियो भने यस दिन बढेर प्रतिशेयर ४४४ रुपैँया पुगेको हो । यसले एनआइसी यशियाको वित्तीय स्थिती मजबुत रहेको संकेत गर्दछ ।
यस्तै यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
गत बिहीबार ३ अर्ब ८६ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३१५ स्टकको ९७ हजार १०५ पटकको कारोबारमा ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया