नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम कति ?

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम कति ?


काठमाडौं – अघिल्लो साताको अन्तिम कारोबारको दिन बिहीबार दोहोरो अंकले घटेको नेप्से परिसूचकमा यो साताको पहिलो कारोबारको दिन पनि उच्च अंकको गिरावट देखिएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज २७.९४ अंकले घटेर २,०३४ को विन्दुमा पुगि बन्द भएको छ ।

आज ३ सय १५ कम्पनीको १ करोड ७७ लाख २ हजार ४८३ कित्ता खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ७७ करोड ५४ लामख २२ हजार १९६ पुगेको छ ।

आज १८ कम्पनीको शेयर कारोबार फस्टाएको छ भने २२८ कम्पनी घाटामा देखिएका छन् । कारोबार रकम स्थिर रहने कम्पनीको संख्या भने २ रहेको छ ।