काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्ष २०८१ मा चारदेखि पाँचदिन बन्द हुन सक्ने बताइएको छ । आगामी वर्षको मंसिरमा आधुनिक टर्मिनल भवन, एप्रोन, ट्याक्सी–वे लगायतका पूर्वाधार निर्माण तथा बिस्तारको काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द हुने जनाइएको छ ।
धावनमार्गको उत्तरतर्फ एप्रोन (पार्किङ), ह्यांगर (मर्मत केन्द्र) का साथै समानान्तर ट्याक्सी–वे (विमान गुड्ने बाटो) बनिरहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्ननाथ निरौलाले बताएका छन् ।
बैंकिङ्ग समाचारसँग कुरा गर्दै निरौलाले रन–वे र ट्याक्सी–वे बीचको कनेक्सन जडानको काम गर्दागर्दै विमानस्थल आंशिक तथा पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था आउने भएकाले बन्द हुन सक्ने बताएका हुन् ।
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि भएकाले यात्रुहरुलाई कुनै समस्या नपर्ने उनको भनाइ छ । सकेसम्म कमभन्दा कम समय विमानस्थल बन्द गरेर काम गर्ने विषयमा अध्ययन भइरहेको निरौलाले बताए ।



About Us
प्रतिक्रिया