इस्टर्न साहारा आइपीओ निष्काशन गर्दै


काठमाडौं– इस्टर्न साहारा कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता शेयर मुल्य १ सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता साधारण शेयरको सार्वजनिक गर्न लागेको हो । यसको विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ ।

फागुन १ गते ग्लोबल आइएमई क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक विशेष कार्यक्रममा इष्टर्न साहारा कम्पनी लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।