कार्यकक्षमा पाेछा लगाँउदै मन्त्री किराँती


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्रालयको कार्यकक्षमा आफैँ सरसफाइ गरेका छन्। समाजिक सञ्जालमा मन्त्री किराँतीले आफ्नाे कार्यक्षमा सरसफाइ गरेको भिडियो बाहिरिएकाे हाे ।

सार्वजनिक भिडियोमा मन्त्री किराँतीले कार्यालय सहयोगीसँग संवाद गर्दैँ पोछा लगाइरहेको देखिन्छ। उनलाई टेबल सारेर पोछा लगाउन कार्यालय सहयोगीले सहयोग गरेकी छिन् ।

उनले जाडोमा चाँडो कार्यालय आउँदा रिस उठ्छ कि उठ्दैन ? भनेर कार्यलय सहयोगीलाई साेधेका छन्। कार्यालय सहयोगीले गाह्रो लाग्दैन भनेर जवाफ दिएकी छिन् ।

पाेछा लगाँउदै मन्त्री किराँतीले कार्यलय सहयाेगीलाई मन्त्री किराँतीले काम देशका लागि गर्नु पर्छ भनेर हौसला दिएका छन् । साथै उनले कार्यालय सहयोगीकाे परिवारका बारेमा पनि जिज्ञासा राख्छन् । कार्यालय सहयोगीलाई चाडो कार्यलय आउनु परेको छ दुःख नमान्नुहोस देशको लागी हो यो भन्दै हौसला दिएको देखिन्छ ।