काठमाडौं– श्री एयरको जहाजमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गरिएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको जहाजको फ्ल्याप (जहाजकोे ब्रेकसँग सम्बन्धि प्राविधिक पक्ष) मा समस्या आएपछि आकस्मिक अवतरण गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाले जानकारी दिए ।
बैंकिङ्ग समाचारसँग कुरा गर्दै झाले सबै यात्रु भने सकुशल रहेको बताएका छन् । जहाजमा ५२ जना यात्रु सवार रहेको उनको भनाइ छ । जहाजको फ्ल्यापमा समस्या आएका कारण गति नियन्त्रण गर्न कठिनाइ भएकाले इन्धन खपत गरेर मात्रै अवतरण गर्नुपर्ने भएपछि केही फन्का काठमाडौंको आकाशमा जहाजलाई घुमाइएको थियो ।



About Us
प्रतिक्रिया