क्रस बोर्डर भुक्तानीको नियमन गर्न भारतकाे रिर्जव बैंक र राष्ट्र बैंक बीच सम्झौता


काठमाडौं – क्रस बोर्डर भुक्तानीको नियमन गर्न भारत र नेपालबीच सम्झौता भएको छ । क्रस बोर्डर भुक्तानीको नियमन गर्नका लागि नेपाल राष्ट्र बैंक र भारतीय रिर्जव बैंकबीच सम्झौता भएको हो ।

सम्झौतासँगै यस अघि यूपीआई र एनपीआईबा बिचमा भएको प्रणाली विकासको सम्झौता कार्यान्वायनमा जाने भएको छ ।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच क्रस बोर्डर पेमेन्टको प्रक्रिया अघि बढाउन यूपीआई र एनपीआईका बिचमा सम्झौता भएको थियो ।