दुई कम्पनीले मागे आईपीओ निष्कासन अनुमति


काठमाडौं – दुई कम्पनीले २९ करोड ३० लाखको आईपीओ निष्कासन गर्न धितोपत्र बोर्ड (सिबोन) सँग अनुमति मागेका छन् ।

हिम रिभर पावर लिमिटेड र पियोर इनर्जी लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) अनुमति माग गर्दै नियामक निकाय सेबोनमा आवेदन दिएका हुन् ।

हिम रिभर पावरले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १३ करोड ३० लाख बराबरको १३ लाख ३० हजार कित्ता सेयर निष्कासन गर्नेछ ।

पीयोर इनर्जी लिमिटेडले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणमा लागि आईपीओ निष्कासनको अनुमति माग गरेको छ । कम्पनीले १६ करोड बराबरको १६ लाख कित्ता सेयर बिक्री गर्नेछ ।