काठमाडौं– कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकदोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार ५.९१ अंकले बढेको नेप्से आज १४.४६ अंकले घटेर २ हजार ६२ को विन्दुमा पुगी बन्द भएको छ ।
आज ३ सय ५ कम्पनीको १ करोड १४ लाख ७ हजार २ सय ६४ कित्ता शेयर खरिदबिक्री हुँदा कारोबार रकम ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७ सय ४१ रुपैयाँको पुगेको छ ।
आज ७९ कम्पनीको कारोबार नाफामा जाँदा १ सय ६३ कम्पनीको कारोबार घाटामा देखिएको छ । ७ कम्पनीको कारोबार भने स्थिर छ ।
कारोबार बढी गर्ने कम्पनीमा बोटल्स नेपाल (बालाजु) लिमिटेड रहेको छ । सबैभन्दा बढी घाटामा जाने कम्पनीमा मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड देखिएकाे छ ।
प्रतिक्रिया