अरु देशको अर्थतन्त्र महामारिको घेरावन्दीमा, चिनियाँ अर्थतन्त्रमा भने उछाल !

अरु देशको अर्थतन्त्र महामारिको घेरावन्दीमा, चिनियाँ अर्थतन्त्रमा भने उछाल !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार।
अरु देश कोभिड महामारिसँग जुधिरहँदा चिनियाँ अर्थतन्त्रमा उछाल आएको छ । चिनले आर्थिक बृद्धिदरमा राम्रो संकेत देखाएको छ भने अर्थतन्त्रका सबै सुचाँक राम्रो भएको जनाएको छ । कोभिडका कारण हरेक देशको आर्थिक बृद्धिदर माइनसमा छ । अघिल्लो बर्ष यसबारे मौन बसेको चिनले भने यो बर्ष ६ प्रतिशतको आर्थिक बृद्धि को प्रक्षेपण गरेको छ । चिन कोभिड उत्पत्ति भएको देश हो ।   चिनियाँ प्रधानमन्त्री ली खछ्याङले प्रस्तुत गरेको प्रतिबेदनमा ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

समारोहमा प्रधानमन्त्री लीले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ ‘सहर र ग्रामीण क्षेत्रमा १.१ करोडभन्दा बढी थप रोजगारी सिर्जना गरिनेछ, उपभोक्ता मूल्यवृद्धिदर लगभग ३ प्रतिशतमा राखिनेछ । खाद्यान्न उत्पादन परिमाण ६.५ खर्ब किलोभन्दा बढी पुर्‍याइनेछ, उनले अगाडि उल्लेख गरेका छन् ‘विश्वका मुख्य आर्थिक एकाइमध्ये चीन मात्रै आर्थिक वृद्धि गर्ने, गरिबीविरुद्धको लडाइँमा पूर्णतः विजयी हुने र सम्पन्न समाजको चौतर्फी निर्माणमा निर्णायक उपलब्धि हासिल गर्ने मुलुक हुनेछ ।’ उनले प्रतिवेदनमा आर्थिक वृद्धि ६ प्रतिशत हुने प्रक्षेपण गरेका छन् । 

चिनले कोभिड महामारिमा समेत गत वर्ष २.३ प्रतिशतआर्थिक बृद्धि गरेको प्रतिबेदनमा उल्लेख छ । चिन विश्व अर्थतन्त्रमा पहिलो हुने होडबाजीमा छ । हालसम्म अमेरिका अघिअघि र चिन पछिपछि छ । जसको अर्थतन्त्र अमेरिकाको ७० प्रतिशत बराबर बन्यो । महामारीका बेला समेत चीनले १ करोड १८ लाख ६० हजार नयाँ रोजगारी सिर्जना गरेको प्रतिवेदनमा उल्लेख छ । चीनले सन् २०२१ मा १ करोड १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत लिएको छ ।