रिलायबल नेपाल लाइफले चुन्यो तीन सञ्चालक


काठमाडौं– रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सञ्चालक पदमा तीन जनालाई चुनेको छ । कम्पनीको माघ २९ गते सम्पन्न भएको सातौं वार्षिक साधारणसभाले तीन जनालाई सञ्चालकमा नियुक्त गरेको हो ।

नियुक्त हुनेमा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट डा. भिष्म कार्की र दिवेश लोहनी रहेका छन् भने संस्थापक शेयरधनीको तर्फबाट प्रा.डा.प्रकाश भट्टराई रहेका छन् ।