काठमाडौं– गोर्खाज फाइनान्सले साधारणसभा बोलाएको छ । फाइनान्सले २०७८/७९ र २०७९/८० को साधारणसभा सँगै गर्ने गरेर चैत्र २ गते सभा डाकेको हो ।
यो फाइनान्सको २८औं र २९औं वार्षिक साधारणसभा हो । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले सभा दिउँसो १ बजेबाट बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा हुने निर्णय गरेको हो । ।
हालको पूँजी संरचना परिवर्तन गरेर संस्थापक समुहको ५१ प्रतिशत र सर्वसाधारण समुहको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव सभामापेश गरिने कम्पनीले जनाएके छ ।
यस्तै कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १८ देखि चैत्र २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका लागि फागुन १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।



About Us
प्रतिक्रिया