काठमाडौं – गरिमा क्यापिटल लिमिटेडले सामुहिक लगानी कोष योजना संचालनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ।
गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’ अन्तर्गतका इकाइहरु बिक्रीका लागि योजना व्यवस्थापन गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको हो।
धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएमा यो योजनाका इकाइहरुको सार्वजनिक निष्कासन गरिनेछ। यस योजनाको आकार १ अर्ब रुपैयाँ बराबरको रहेको छ।



About Us
प्रतिक्रिया