द्वारिका, बसेरा र हिमालयन हाेटल परे जरिवानामा


काठमाडौं – काठमाडौंका नाम चलेका ३ होटलबाट म्याद सकिएका समान फेला परेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा काठमाडौंका द्वारिका, बसेरा र हिमालयन होटल (लाजिम्पाट) मा म्याद सकिएका सामान फेला परेको हो ।

बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बुधबार अनुगमन गरिएको थियो । त्यहाँ पीठो, कोकोनट क्रिमलगायतका सामान म्याद गुज्रिएको पाइएको थियो । लाजिम्पाटको हिमालय होटलमा दूध, दही, पाउरोटी, पीठो लगायत बासी थिए ।

बसेरा होटलमा जुस र पाउरोटीसहितका सामान म्याद गुज्रेको भेटिएको छ । म्याद नाघेकाे सामान भेटिएसँगै तीनै होटललाई ३/ ३ लाख जरिवाना गरिएको छ ।