धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने


काठमाडौं – धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ काे लाभांश नदिने भएकाे हाे ।

संस्थाको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।साथै उक्त बैठकले संस्थाको ५ औँ वार्षिक साधारण सभा चैत १ गतेका लागि बोलाएको छ ।

उक्त सभामा मर्जरको विशेष प्रस्ताव पारित गरिनुका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गरिनेछ ।