ग्लोबल आईएमई क्यापिटलमा डिम्याट खाता खोल्दा आजिवन नविकरण गर्नु नपर्ने


काठमाडौं– ग्लोबल आइएमई क्यापिटलले डिम्याट खाता र मेरो शेयर आजिवन नविकरण गर्न नपर्ने योजना ल्याएको छ । कम्पनीले फागुन १ गतेदेखि लागु हुनेगरी यो योजना ल्याएको हो ।

ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकको नेपालभरको शाखा कार्यालयहरुबाट यो योजना सञ्चालन हुनेछ ।हितग्राही खाता खोलिसकेका, नयाँ खाता खोल्ने हितग्राहीहरुको लागि डिम्याट र मेरो सेयर खाता खोल्दा एकमुष्ठ २ हजार जम्मा गर्नुपर्छ । त्यस पश्चात्न आजीवन नवीकरण गरिरहनुपर्ने झन्झटबाट मुक्त भई यस योजनाबाट लाभान्वित हुन सकिनेछ ।

हाल हितग्राही खाता खोल्ने र मेरो शेयर सेवा लिने ग्राहकहरुले प्रत्येक वर्ष क्रमशः १०० रुपैयाँ र ५० रुपैयाँ भुक्तानी गरी नविकरण गर्नुपर्ने व्यवस्था रहेको छ ।