उपत्यकामा बैंकहरुले ६ वटा शाखा मात्रै खोल्न पाउने

उपत्यकामा बैंकहरुले ६ वटा शाखा मात्रै खोल्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
कोभिड संक्रमणको दर बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंकहरुको सीमित शाखाबाट मात्रै सेवा प्रवाह गर्ने नीति लिएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र दिनमा ६ वटाभन्दा बढी शाख खोल्न पाउने छैनन् ।

यस्तै विकास बैंकले ४ र वित्त कम्पनीले ३ वटा मात्रै शाखा खोल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभाग प्रमुख देवकुमार ढकालका अनुसार वाणिज्य बैंकले काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा एउटा गरी काठमाडौं उपत्यकामा जम्मा ५ वटा मात्रै शाख खोल्न पाउनेछन् । यस्तै विकास बैंकले काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा एउटा गरि जम्मा ४ वटा र वित्त कम्पनीले उपत्यकाका तीनवटै जिल्लामा एक–एकवटा शाखा गरेर जम्मा ३ वटा मात्रै शाखा खोल्न पाउनेछन् । बैंकले एउटै शाखा लगातार खोल्ने नभइ आलो–पालो गरेर शाखा खोल्नुपर्ने उनले बताए ।

कोरोना संक्रमणको दोस्रो लहर थप फैलिएसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थहरुको शाखा कमभन्दा कम खोल्ने नीति लिएको छ। अब काठमाडौंमा वाणिज्य बैंकका ३, विकास बैंकका २ र फाइनान्स कम्पनीका एक शाखा मात्र खुल्ने छन्।

ललितपुर जिल्लामा बैंकको २, विकास बैंक र फाइनान्सको एकरएक शाखा खुल्ने छन्। भक्तपुरमा सबैको एक/एक वटा मात्र शाखा खुल्ने छन्। शाखाहारु रोटेसन गरेर खुल्ने छन्। राष्ट्र बैंकले सर्वसाधारणलाई पैसाको अतिआवश्यक नभइ बाहिर ननिस्कन आग्रह गरकेो छ ।