एनएमबि बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन पर्‍यो, २ अर्बको ऋणपत्र पूर्ण रूपमा बिक्री

एनएमबि बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन पर्‍यो, २ अर्बको ऋणपत्र पूर्ण रूपमा बिक्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
एनएमबि बैंकले निष्कासन गरेको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको छ। जेठ २ देखि ५ गतेसम्म निष्कासन गरेको ऋणपत्रको ब्याज दर साढे ८ प्रतिशत छ।

अंकित मूल्य एक हजार रुपैयाँ दरको ऋणपत्रका लागि कम्तिमा २५ कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो। बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गरेको थियो। बैंकले प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी गर्ने छ। साँवा ऋणपत्र परिपक्व भएपछि भुक्तानी हुने छ।

बैंकले कुल २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो। यसमध्ये एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र प्राइभेट प्लेसमेन्टबाट बिक्री गरेको थियो।

बाँकी ८० करोडको ऋणपत्रमध्ये ४ करोडको सामूहिक लगानी कोषहरुलाई छुट्याएको थियो। बाँकी ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको थियो।