सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा आह्वान, १५.७९% लाभांश पारित गर्ने

सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा आह्वान, १५.७९% लाभांश पारित गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
सिद्धार्थ इन्स्योरेन्सले जेठ २८ गते कम्पनीको १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको जेठ ५ गते बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहल, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ः०० बजे सभा बोलाउने निर्णय गरेको हो ।

सभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूूँजीको १२ प्रतिशत बोनस शेयर र ३.७८९४ प्रतिशत नगद लाभांश र वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ ।

सभाको अन्य प्रस्तावमा कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, संशोधित प्रवन्धपत्र र नियमावली अभिलेख वा स्वीकृति गर्ने निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो अनुसार सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान हिसाब, लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगाएतका छलफल गरी पारित गर्ने एजेण्डा राखेको छ ।

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि जेठ १४ गते शुक्रबारदेखि जेठ २८ गते शुक्रबारसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा जेठ १३ गते बिहीबारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।