काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी तथा लघुवित्तकाे समस्या समाधानका उपाय समेटिएकाे प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ। रास्वपाले मंगलबार उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा तयार पारिएको ‘सहकारी तथा लघुवित्त संस्थाको संकट, समाधानका उपाय र योजना’ समेटिएकाे प्रतिवेदन प्रधानमन्त्री पुष्षकमल दाहाललाई बुझाएको हाे ।
प्रतिवेदनमा समस्या समाधानका लागि कानून परिमार्जन, नियमनकारी संयन्त्रको परिचालन, प्रविधिको प्रयोगलगायत बुँदा समेटिएको रास्वपाले जनाएकाे छ ।
प्रधानमन्त्री दाहालले ठगिएका लाखौं बचतकर्तालाई न्याय दिन आफू दृढ रहेको र प्रतिवेदनकाे सुझावसमेतलाई ध्यान दिएर जतिसक्दो छिटो समस्या समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका रास्वपाले जनाएकाे छ ।
प्रतिवेदन पाटी सभापति रवि लामिछाने , उप– सभापति वाग्लेसहितकाे टाेली प्रधानमन्त्री निवास बालुवाटार पुगेर बुझाएको हाे।



About Us
प्रतिक्रिया