एनबी ग्रुपको आरोपः विनोद चौधरीले अनेक तिक्डम लगाएर सम्पत्ती हडप्न खोजे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
कुनै समय चर्चाको शिखरमा रहेको एनबी ग्रुप र अहिले चर्चाको शिखरमा रहेको चौधरी ग्रुपबीचको विवाद सतहमा आएको छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नबिल बैंकलाई हतियार बनाएर आफूहरुको सम्पत्ति हडप्न खोजेको आरोप एनबी ग्रुपले लगाएको छ ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आफूहरुको सम्पत्ति हडप्ने प्रयोजनका लागि नबिल बैंक प्रयोग गरेको र आफूहरुले नियम बमोजिम कर्जा तिर्दा पनि समस्या खडा गरिएको आरोप एनबी ग्रुपका अध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठले लगाएका छन् ।

नबिल बैंकलेले ८ प्रतिशत व्याजमा स्वीकृत गरेको कर्जाको व्याज १४ प्रतिशत लिएको आरोप लागेको छ । ऋणी सहमति तथा जानकारी बिनै बैंकले धितो लिलाम गर्ने नियतले कर्जाको व्याज बढाएको आरोप नबिल बैंकमाथि लागेको हो ।

एनबी ग्रुप अन्तर्गतका काठमाडौं रिक्रियशन सेन्टर, सांग्रिला ईन्भेष्टमेण्ट प्रालि र सिद्धिगणेश ईन्भेष्टमेण्ट प्रालि समेतले नबिल बैंकबाट कुल ५३ करोड ७४ लाख ९० हजार रुपैयाँ कर्जा लिएकोमा त्यसमा सावातर्फ ३६ करोड ९६ लाख ५९ हजार ९ सय ५९ रुपैयाँ र व्याजतर्फ १६ करोड ८४ लाख १ सय ९ रुपैयाँ गरी कुल ५३ करोड ८० लाख ६० हजार ६८ रुपैयाँ भुक्तानी गरिसकेको भएपनि फेरि बैंकले व्याज बढाएर धितो लिमाम गर्ने नियतका साथ काम गरिरहेको आरोप एनबी ग्रुपको छ ।

कर्जा स्विकृत गर्दा ८ र ९ प्रतिशत व्याजदर तोकिएको भएपनि आफूहरुको कुनै जानकारी वा सहमती बिना १४ प्रतिशतका दरले व्याज लगाई सोमा व्याजको व्याज र हर्जाना व्याज गरी बैंकले सावा रकमको ३ गुणा रकम माग गरेको एनबी ग्रुपको भनाई छ ।

उद्योगी बिनोद चौधरीले आफ्नो व्यक्तिगत स्वार्थका लागि बैंकको व्यवस्थापन र संचालक समितिलाई दवाव दिई कर्जा चुक्ता गर्ने गराउने कार्यमा ढिलासुस्ती गर्न लगाई अनावश्यक दुःख हैरानी दिई तोकिएको भन्दा बढी व्याज लगाउने, हर्जाना व्याज एवं व्याज माथि व्याज समेत लगाई, जोडी तिर्नु बुझाउनु पर्ने रकमलाई बढाई धितोमा रहेको सम्पत्ति हडप्ने, खाने नियत गरेको उनीहरुको आरोप छ ।