मोरङमा एक साता बैंक बन्द

मोरङमा एक साता बैंक बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
मोरङका बैंक तथा वित्तीय संस्था कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि साताभरका लागि बन्द गरिने भएको छ ।
मोरङका सबै बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले यही जेठ ११ गतेसम्म बन्द गर्न पत्राचार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह बमोजिम राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा अत्यावश्यक बैंकिङ सेवाबाहेक अन्य सबै बैंकिङ क्रियाकलाप बन्द गर्न भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ, एटीएम सेवा र अन कल सेवालाई व्यवस्थित गर्न भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई कडाइ गरेको भए पनि बैंक तथा वित्तीय संस्थाहरुमा कारोबारका कारण भीडभाड बढेकाले संक्रमणको जोखिम अधिक भएको नागरिकस्तरबाट समेत गुनासो आएको जनाइएको छ ।