कहिले हुन्छ नबिल बैंक र युनाईटेड फाइनान्सको एकीकृत कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
नबिल बैंक Nabil Bank Limited र युनाइटेड फाइनान्सबीचको एकीकृत कारोबार चालू आर्थिक वर्ष भित्रै हुने बताइएको छ। प्राप्ति सम्बन्धमा आवश्यक प्रकृयागत कामहरु तिब्र गतिमा अगाडि बढेकाले अबको डेढ महिना भित्र एकीकृत कारोबार हुने जनाइएको छ। 

चालू आर्थिक वर्ष भित्रै एकीकृत कारोबार गर्नेगरी प्राप्ति सम्बन्धी प्रकृया अगाडि बढेको युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले पुष्टि गरेका छन्। उनकाअनुसार कर्मचारी व्यवस्थापन देखि अन्य आवश्यक प्रकृयाहरु तिब्र रुपमा अगाडि बढिरहेको छ। प्राप्ति स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा समेत पत्र पठाइसकिएको छ। 

नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्ति सम्बन्धी सम्झौतामा बैशाख १७ गते हस्ताक्षर भएको थियो। बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिष कुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। नबिलले युनाइटेडलाई ३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । 

प्राप्ति पश्चात नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८५ करोड पुग्नेछ भने शाखा सञ्जाल वृद्धि भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यका भित्र मात्र शाखा सञ्जाल बृद्धी भइ ३७ हुनेछ । एटिएम संख्या १९० हुनेछ । निक्षेप २१६ अर्ब हुनेछ भने कर्जा २०१ अर्ब हुनेछ (चैत्र मसान्तको वित्तीय विवरण अनुसार)।