मर्चेण्ट बैंकरहरुद्वारा अत्यावश्यक बाहेकका सेवा स्थगित, अनलाइन शेयर कारोबार मात्र गर्न आग्रह

मर्चेण्ट बैंकरहरुद्वारा अत्यावश्यक बाहेकका सेवा स्थगित, अनलाइन शेयर कारोबार मात्र गर्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
मर्चेण्ट बैंकरहरुले  अत्यावश्यक बाहेकका सबै स्थगित गरेका छन् ।  मर्चेण्ट बैंकरहरुले आफ्ना ग्रहकहरुलाई अनलाईन मार्फत धितोपत्र कारोवार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने गरी कार्यालयबाट जनसम्पर्क हुने बाँकी सम्पुर्ण सेवाहरु हाललाई स्थगित गरेका हुन् ।

विश्वव्यापी महामारीको दोस्रो लहरको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस (कोभिड–१९) का कारण संक्रमितहरुको संख्यामा दिनानुदिन बृद्धि भईरहेको र नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार यस्तो निर्णय गरिएको  मर्चेण्ट बैंकर एसोसिएसनले जनाएको छ । 

नेपाल सरकारले अत्यावश्यक कार्य बाहेक अन्य प्रयोजनका लागि घरबाट बाहिर निस्कनबाट सर्वसाधारणलाई रोक लगाई निषेधाज्ञा लागु गरेको अवस्थामा मर्चेण्ट बैंकरहरुलाई समेत नेपाल धितोपत्र बोर्डबाट सिष्टम संचालनको लागि कार्यालयमा ३ जना भन्दा बढी कर्मचारी नखटाउने गरि work from home मार्फत कार्य संचालन गर्नु पर्ने निर्देशन प्राप्त भएको हुँदा ग्राहकवर्ग तथा कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखी तथा संक्रमणको जोखिम कम गर्न निषेधाज्ञाको अवधीभर अनलाईन सेवालाई प्राथमिकतामा राख्न सबै ग्राहकमा नेपाल मर्चेण्ट बैंकर एशोसियसनले अनुरोध गरेको छ ।

शेयर खरिद बिक्री सम्बन्धी कार्यलाई अनलाईन मार्फत गर्नुहुन तथा  शेयर बिक्री गर्दा इडिआईएस मात्र प्रयोग गर्न समेत संघले अनुरोध गरेको छ। अनलाइन कारोवारका क्रममा मेरो शेयर वा इडिआईयस सम्बन्धी केहि समस्या आई परेमा कम्पनीको फोन नंवर तथा वेभ साईटमा उल्लेख गरिएको इमेल र मोबाइल नंवरमा सम्पर्क गरी आफ्नो समस्या समाधान गर्न संघले अनुरोध गरेको छ।