अबदेखि ५० हजारभन्दा कम रकम बैंकमा डिपोजिट गर्न नपाइने

अबदेखि ५० हजारभन्दा कम रकम बैंकमा डिपोजिट गर्न नपाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
अबदेखि बैंकमा ५० हजार रुपैयाँभन्दा कम डिपोजिट गर्न नपाइने भएको छ। नेपाल बैंकर्स संघले बैंकहरुमा भीडभाड तथा कोभिडको जोखिम कम गर्न निशेधाज्ञा अवधिभर ५० हजार रुपैयाँभन्दा माथि मात्रै डिपोजिट गर्न सकिने व्यवस्था गरेको हो।

नेपाल सरकारले अत्यावशक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर गर्दै सम्पूर्ण ग्राहकमा डिजिटल बैंकिङ्गको प्रयोग गर्न संघले आग्रह गरेको छ। डिजिटल बैंकिङ्ग प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेल मार्फत सम्पर्क गर्न सकिने व्यवस्था समेत रहेको छ।

बैंकहरुका सबै एटिएम खुला रहनुका साथै बैंकका कल सेन्टरहरु समेत कार्यालय समय भर उपलब्ध हुने संघले जनाएको छ।

बैंकमा भीडभाड कम गर्न बैंकहरुले निशेधाज्ञा अवधिभर खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने (रु ५० हजार भन्दा माथि मात्रै), रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार सेवा उपलब्ध गराउने संघले जनाएको छ।

यी बाहेक अन्य केही जरुरी भएमा बैंक शाखाका सम्पर्क व्यक्तिहरुको विवरण शाखा कार्यालय तथा बैंकको वेबसाइटमा समेत उपलब्ध हुने संघले जनाएको छ।