आईपीओ बिक्री गर्दै कालिञ्चोक हाइड्रोपावर

आईपीओ बिक्री गर्दै कालिञ्चोक हाइड्रोपावर


काठमाडौं –कालिञ्चोक हाइड्रोपावरले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डसँग ७ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति मागेको छ।

धितोपत्र बोर्डले अनुमति दिएपछि यो हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ। कालिञ्चोक हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।