दुई ठुला बैंकको मर्जर संझौता आज

दुई ठुला बैंकको मर्जर संझौता आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार । 
हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरबारे  बिहीबार हस्ताक्षर हुने भएको छ । दुई बैंकको संचालक समितिको बैठकले मर्जर सम्झौतालाई पास गरीसकेको छ ।  हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बराबरको अनुपातमा मर्जर संझौता तयार गरिएको छ । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता (एमओयू) मा आज विहीबार हस्ताक्षर हुने भएको छ। स्वाप रेसियो नै १ बराबर १ को रूपमा रहने भएको छ। यसको अर्थ, दुईमध्ये जुन बैंकको सेयर जति छ, लगानीकर्ताले मर्जपछिको बैंकको सेयर त्यति नै पाउने छन्। एमओयुका लागि डकुमेन्ट तयार भएको छ। मर्जपछिको हिमालयन इन्भेष्टमेन्ट बैंक सबभन्दा ठूलो हुनेछ। दुबै बैंकका सिइओले बुधबार आआफ्ना उच्च व्यवस्थापक र ब्रान्च म्यानेजरहरुलाई मर्जरमा जान लागेको कुरा ब्रिफिङ गरेका छन् ।