अध्यागमनसम्बन्धि विद्यमान कानून परिमार्जन निर्देशन

अध्यागमनसम्बन्धि विद्यमान कानून परिमार्जन निर्देशन


काठमाडौं – संसदीय समितिले अध्यागमनसम्बन्धि विद्यमान कानून तत्काल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमन सम्बन्धि विद्यमान ऐन, नियम तत्काल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको हो ।

समयानुकुल हुनेगरी सो सम्बन्धि विधेयक तत्काल परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देश गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।