प्राइम लाइफका संचालकको कोरोनाका कारण मृत्यु

प्राइम लाइफका संचालकको कोरोनाका कारण मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार।
प्राइम लाइफ इन्स्योरेन्सका स्वतन्त्र संचालक राजेन्द्र काफ्लेको कोरोना संक्रमणका कारण निधन भएको छ । 

काफ्लेलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । अवस्था गम्भीर भएपछि उपचारका लागि शिक्षण अस्पताल भर्ना गरिएको थियो । सो क्रममा उनको आज निधन भएको उनी निकट स्रोतले जनाएको छ । 

उनी लामो समय कर्मचारी सञ्चयकोषमा सेवा गरी सेवा निवृत भएका थिए । उनी २०४४ सालमा कोषमा शाखा अधिकृतको रुपमा प्रवेश गरी कोषको उच्च पद सह प्रशासक(मुख्य अधिकृत) पदबाट अवकाश भएका थिए । 

सेवानिवृतपछि गत असोज २० गते बसेको प्राइम लाइफको संचालक समितिको बैठकले २१ गतेदेखि लागू हुने गरी उनलाई स्वतन्त्र संचालकमा चयन गरेको थियो ।