कैलाली जिल्लाका सबै बैंक/वित्तीय संस्था बन्द, एटीएमबाट सेवा लिन आग्रह !

कैलाली जिल्लाका सबै बैंक/वित्तीय संस्था बन्द, एटीएमबाट सेवा लिन आग्रह !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार।
कैलाली जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले राजस्व दाखिला र सरकारी कारोबार बाहेक बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक भुक्तानीको लागि एटीएम तथा विद्युतीय प्रणालीबाट सेवा प्रवाहको समुचित प्रबन्ध गर्नुपर्ने छ । कोरोना संक्रमण बढ्दै गएपछि सम्पूर्ण बैंकवित्त बन्द गर्नुपरेको हो । बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुले कार्यालयले जारी गरेको परिचय–पत्रको आधारमा आवतजावत गर्न सक्ने छन् । सोमबार कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो । महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण यस जिल्लामा तीब्र रुपमा बढ्दै गइरहेको छ ।