काठमाडौं– साताको पहिलो कारोबारको दिनमै नेप्से परिसूचकमा गिरावट देखिएको छ । गत साताको अन्तिम कारोबारको दिन बिहीबार ५.७४ अंकले बढेको नेप्से आइतबार १०.५० अंकले घटेर २,०८५.८२ को विन्दुमा पुगी बन्द भएको छ ।
आज ३ सय ५ कम्पनीको १ करोड ५७ लाख १ हजार १९९ कित्ता शेयर खरिदबिक्री हुँदा कारोबार रकम ४ अर्ब ८५ करोड ६७ लाख ८ हजार ४७२ रुपैयाँ पुगेको छ । आज ९१ कम्पनी नाफामा देखिएका छन् भने १४८ कम्पनी घाटामा छन् । ८ वटा कम्पनीको कारोबार भने स्थिर छ ।
प्रतिक्रिया