निषेधाज्ञामा १० अर्ब निक्षेप संकलन गरेका बैंकहरुद्धारा १५ अर्ब कर्जा प्रबाह

निषेधाज्ञामा १० अर्ब निक्षेप संकलन गरेका बैंकहरुद्धारा १५ अर्ब कर्जा प्रबाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार।
कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तिब्र गतिमा बढ्न थालेपछि नियन्त्रणका लागि सरकारले बैंशाख १६ गते देखि निषेधाज्ञा जारी गरेको छ । यो अवधिमा पनि बैंकहरुले १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन ।

निषेधाज्ञाको अवधिमा पनि सरकारले बैंकहरुलाई अतिआवश्यकीय क्षेत्रको रुपमा राखी सिमित सेवा प्रदान गर्न भनेको छ । सोही अनुसार बैंकहरुले सिमित कर्मचारमिार्फत सिमित सेवा प्रदान गर्दै आएका छन । बैंकहरुले निषेधाज्ञाको अवधिमा गरेको कार्यसम्पादन हेर्दा नियमित भन्दा फरक देखिदैन ।

बैंकहरुले २०७८ बैंशाख महिनाको १७ गते देखि २४ गते सम्ममा मात्र १० अर्ब निक्षेप र १५ अर्ब कर्जा लगानी गरेको अवस्था छ । तर, बैंकहरुले बैंशाख महिनामा भने ११ अर्ब निक्षेप घटेको छ भने ३६ अर्ब रुपैयाँ कर्जा बढेको अवस्था छ ।

निषेधाज्ञा सुरु हुने कुरासंगै बैंकहरुबाट निक्षेप बाहिरन थालेको थियो । निषेधाज्ञा सुरु भैसकेपनि भने क्रमिक रुपमा निक्षेपमा केही सुधार आउन थालेको देखिन्छ । लकडाउनका लागि आवश्यक दैनिक उपभोग्य वस्तु जोहो गर्नका लागि निक्षेपकर्ताले रकम झिक्न थालेपछि निक्षेप घटेको थियो ।

नेपाल बैंकर्स संघका अनुसार वैशाख १० गतेसम्ममा २७ वाणिज्य बैंकहरुबाट २२ अर्ब बराबरको निक्षेप घटेको छ । गत चैत्र ३१ गतेसम्म वाणिज्य बैंकहरुमा ३९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वैशाख १० गतेसम्म आइपुग्दा ३९ खर्ब २२ अर्ब रुपैयाँमा झरेको थियो । त्यसपछि दुइ सातामा भने बै.कहरुमा क्रमिक रुपमा पुनः निक्षेप थपिन थालेको छ ।

तर, बैंशाख २४ गतेसम्ममा वाणिज्य बैंकहरुको मात्र मुल निक्षेप ३९ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन भने ३६ खर्ब ९ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । बैंशाख महिनाका सुरुका सातामा निक्षेप घटेको भएपनि पछिल्ला साताहरुमा थपिन थालेको छ । तर, कर्जा प्रशबाह भने बैंशाख महिनाका हरेक साता निरन्रत रुपमा बढी नै रहेको छ ।