सोल्टी होटेल २६ करोड बढी नाफामा


काठमाडौं– सोल्टी होटेलले ६ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा अवधिसम्म होटेलले उक्त नाफा आर्जन गरेको जानकारी दिएको छ ।

अघिल्लो वर्ष यही अवधिसम्म होटेल २५ करोड १४ लाखको नाफामा थियो । होटेलको नाफा यस वर्ष ४.६४ प्रतिशतले बढेको हो।

समीक्षा अवधिसम्ममा होटेलको सञ्चालन मुनाफा ३१ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्म होटेलको यस्तो मुनाफा ३० करोड ६२ लाख थियो ।

यसैगरी कम्पनीको सेवा प्रवाहबाट एक अर्ब बढी आम्दानी भएको छ । यो आम्दानी दोस्रो त्रैमाससम्ममा १ अर्ब ५ करोड ८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा ९.४४ प्रतिशतले सेवावाफतको आम्दानी बढेको हो । अघिल्लो वर्ष होटेलको आम्दानी ९६ करोड १ लाख रुपैयाँ थियो।