मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाको वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं – मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

संस्थाका संचालक समितिका अध्यक्ष सुमित बाबु खत्रीको सभाध्यक्षमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा संस्थाका शेयरधनीहरूले आफ्नो विचार समेत व्यक्त गरेका थिए ।

संस्थाका संचालक समितिका अध्यक्ष खत्रीले १० बर्षको अवधिमा संस्थाले आफ्नो ब्राण्डको रुपमा स्थापित गराउन सफल भएको बताए ।

सभामा समितिको प्रतिवेदनसहित गत आर्थिक वर्षको नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरेको छ।

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ ।