एनआईसी एसिया बैंकका कारण ऋृणको व्याजमा प्रिमियम तोक्दै राष्ट्र बैंक

एनआईसी एसिया बैंकका कारण ऋृणको व्याजमा प्रिमियम तोक्दै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार।

पछिल्लो समय एनआइसी एसिया बैंकले व्याजदरमा ग्राहक ठग्न बनाएको रणनीति बाहिर आयो । उक्त बैंकका विरुद्ध ग्राहकहरुनै एक हुन थाले । यसरी व्याज बढाउने अरु पनि केही बैंक छन् । ती बैंकका बारे सूचना आउन थालेको छ । यी बेंकले व्याजमा ग्राहक ठग्न थालेपछि प्रिमियम तोक्ने तयारीमा राष्ट्र बैंक लागेको छ ।

यस अघि नै बैंक वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले ऋणको ब्याज दर निर्धारण गर्नेगरी आधार दर तोकेको छ । आधार दरमा केही प्रिमियम जोडेर बैंकका ऋणीसँग व्याज निर्धारण गरेर बैंकहरुले व्याज तय गर्दे आएका छन् । तर बैंक तथा वित्तीय संस्थाहरुले प्रिमियम धेरै लिएर व्याज चर्को बनाउने गरेको तत्थ्य एनआईसी एसिया बैंकको पछिल्लो घटनाक्रमले देखायो । सो बैंकको चर्को व्याजले ग्राहकहरु त्रसित छन् । सो बैंकले लिएको व्याज कल्पना भन्दा बाहिर छ । सुरुमा कम व्याज लिने र पछि चर्को व्याज लिने तिर्न नसके सम्पति लिलाम गर्ने सो बैंकको रणनीति नै रहेको छ । बेंकले यस्तो रणनीति बनाएपछि प्रिमियम तोक्ने तयारीमा राष्ट्र बैंक लागेको हो । एनआईसी एसिया बैंकले सहकारीको भन्दा चर्को व्याज बनाएर ग्राहकलाई ठगी गरेको छ । बैंकले घर कर्जामा १६ प्रतिशत ब्याज लिएको भेटिएको छ । त्यसैगरी सवारी कर्जामा १५ प्रतिशत ब्याज लिएको पाइएको छ । बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको छ । विराटनगर शाखाबाट घर कर्जा लिएका ग्राहकाई १५।७० प्रतिशत व्याज बुझाउन बैंकले पत्र काटेको छ ।

अब आधार दरमा थपीने प्रिमियम पनि केन्द्रीय बैंकले निर्धारण गर्ने छ । आधार दरमा थपीने प्रिमियमपछि बैंकबाट कर्जा निकाल्ने ऋणीको ब्याज बैंकले चर्को गर्न पाउँदैन ।
कुनै बैंकको आधार दर ६ प्रतिशत छ भने बैंकले ग्राहक र जोखिम अनुसार प्रिमियम लिन पाउने व्यबस्था छ । जसमा आधार दर ६ हुँदा ५ प्रतिशत प्रिमियम जोड्दा ११ प्रतिशत हुन्छ । प्रिमियम हाल राष्ट बेंकले प्रिमियम ५ प्रतिशत तोक्ने तयारी गरेको छ ।