सरकारको कमजोरीले मुलुक आन्तरिक ऋणकाे भारमा पर्यो : अर्थविद्हरु


काठमाडौं– सरकारको कमजोरीले मुलुक आन्तरिक ऋणकाे भारमा परेको अर्थविद्हरुले बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थविद्हरुले यस्तो बताएका हुन् ।

उनीहरुले सरकारले आन्तरिक ऋण लिँदा मुलुक भित्रै बस्ने र विदेशी ऋण लिँदा सावाँ ब्याज डलरमा भुक्तानी गर्नुपर्ने अवस्थाले समस्या भइरहेको बताए । अर्थविद्हरुले सरकारले सहजताको लागि आन्तरिक ऋण लिने गरेको बताए । उनीहरुले सरकारले विदेशी लगानी मुलुकमा भित्र्याउन नसक्दा आन्तरिक ऋण लिएर ठूला आयोजनाहरुमा परिचालन गर्नुपरेको अवस्था रहेको बताए। सरकारले वैदेशिक लगानी धेरै ल्याउनसके आन्तरिक ऋण कम हुने दाबी उनीहरुको छ ।

उनीहरुले अहिले अर्थमन्त्रीलाई राजश्वको दायरा नबढाउन, करका दर हेरफेर नगर्ने तर सांसदहरुले भनेका आयोजनाहरु समावेश गरेर बजेटको आकार ठूलो ल्याउन दबाब आउने भन्दै अर्थमन्त्रीले त्यो गर्न सम्भव नभएको बताए ।

अर्थविद् केशव आचार्यले सरकारको कतिपय कमजोरीको कारण नै आन्तरिक ऋणको दबाब रहेको बताए । उनले विदेशी ऋण लिदा सरकारले बनाएका योजनाहरुको लेखापरीक्षणपछि सोधभर्ना बाफतको रकम फिर्ता आउने भएपनि लिन नसकेको बताए । उनले अहिले पनि त्यस्तो ५० अर्ब रुपैयाँ बराबरको शोधभर्ना लिन बाँकी भएपनि सरकारले लिन नसकेको उल्लेख गरे । उनले शोधभर्ना बापतको ५० अर्ब रुपैयाँ उठाउनसके आन्तरिक ऋण कम हुने भनाइ राखे । अर्थविद् आचार्यले सरकारले लिने विदेशी र आन्तरिक ऋणमा पनि अन्तरसम्बन्ध हुने गरेको बताए ।

कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले वैदेशिक लगानी ल्याउन नसक्दा आन्तरिक ऋण लिएर मुलुकको आवश्यकता पूरा गर्नुपर्ने अवस्था रहेको बताए । सरकारले ठूला परियोजनाहरुमा विदेशी लगानी ल्याउन नसक्दा सरकारले आन्तरिक ऋण लिएर ठूला आयोजनाहरुमा लगानी गर्दा आन्तरिक ऋण बढिरहेको उनको भनाइ छ ।

उनले राजश्व संकलनको ३० प्रतिशत राजश्व डेट सर्भिसिङमा जाने बताए । उनले भने, ‘अहिलेको बजेटमा अर्थमन्त्रीलाई रावश्वमा करका दरहरु नबढाउन, धेरै मान्छेलाई करको दायरामा नल्याउन, विदेशी र आन्तरिक ऋण नलिन तर बजेटमा संसदहरुले भनेका सबै अंकहरु राखेर बजेट ठूलो बनाउन दबाब भएपनि त्यो सम्भव छैन। (न्युज एजेन्सी नेपाल)