अध्यागमन विभागद्वार ई–भिसा लागू


काठमाडौं– अध्यागमन विभागद्वारा आजदेखि ई–भिसा लागू भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा प्रिन्ट गरेर सेवाको सुरुवात गरेका हुन् ।

उच्च संख्यामा पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान गर्न ई–भिसा लागू भएको विभागले जनाएको छ । नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास जानुपर्ने समस्या समेत ई–भिसा पश्चात टरेको हो ।

भिसाका लागि भने आफू भएकै ठाउँबाट आवेदन दिन सकिने विभागले जनाएको हो ।