काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन २०८०’ को मस्यौदा तयार पारेको छ । बीमकहरुबाट हुने गतिविधिलाई पारदर्शी र प्रविधियुक्त बनाउन यो मस्यौदा तयार पारेको प्राधिकरणले उल्लेख गरेको छ ।
प्राधिकरणले मस्यौदा तयार पार्दै विज्ञहरुबाट राय/सुझाव माग गरेको छ । यो मस्यौदा लागु भएपछि भौतिक रुपमा हुँदै आएको बीमा सम्बन्धी कामहरु अनलाइनबाटै गर्न सकिने प्राधिकरणले जनाएको छ ।
अब जीवन र निर्जीवन बीमक तथा लघु जीवन र निर्जीवन बीमकले डिजिटल इन्स्योरेन्स पोलिसी जारी गर्नुपर्ने प्रस्ताव मस्यौदामा गरिएको छ। बीमकले ग्राहकको डिजिटल इन्स्योरेन्स अकाउन्ट खोली डिजिटल माध्यमबाट पोलिसी खरिदबिक्री गर्नुपर्ने मस्यौदामा उल्लेख छ । प्राधिकरणले अब बीमा कम्पनीहरुले आइटी क्षेत्रमा लगानी बढाउनुपर्ने बताएको छ ।
प्राधिकरणले यसमा राय संकलनको लागि फागुन २ गते सम्मको समय तोकिदिएको छ ।



About Us
प्रतिक्रिया