नेपाल बैंकको साढे ३ अर्ब रुपैयााको ऋणपत्र बिक्री खुल्यो, कति पाइन्छ ब्याज?

नेपाल बैंकको साढे ३ अर्ब रुपैयााको ऋणपत्र बिक्री खुल्यो, कति पाइन्छ ब्याज?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
नेपाल बैंक लिमिटेड (NBL) ले बैशाख २२ गतेदेखि साढे ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुल्ला गरेको छ। बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो।

बैंकले बैशाख २२ गतेदेखि ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो ऋणपत्र खरिदका लागि छिटोमा बैशाख २६ गतेसम्ममा आवेदन दिनु पर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ५ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई कम क्रेडिट रिस्क जनाउने इक्राएनपी आईआर सिङ्गल ए ग्रेडिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने तथा कर्जा जोखिम न्यून भएको संस्था हो भन्ने जनाउँछ।