कृषि विकास बैंकले लाभांश वितरण नगर्ने


काठमाडौं – कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/८० मा लाभांश नबाँड्ने भएको छ ।

सञ्चालका समितिको बिहीबार साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले गत वर्षको नाफाबाट कुनै लाभांश वितरण नगरी वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

अघिल्लाे आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट २ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।